सप्तरीमा झडप, मन्त्री र सांसद घाइते

  • Home
  • -
  • Banner
  • -
  • सप्तरीमा झडप, मन्त्री र सांसद घाइते
सप्तरीमा झडप, मन्त्री र सांसद घाइते

काठमाडौं माघ ०८
सप्तरीमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ । सोमबार कृषि विश्वविद्यालयको शिलान्यासका क्रममा जनमतका कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ ।

प्रहरीसँगको झडपमा मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव, प्रदेशसभा सदस्यहरू सतिश सिंह, रञ्जु खंगसहित केही कार्यकर्ता घाइते भएका छन् ।

प्रहरी र कार्यक्रम रोक्न आएको समूहबीच सामान्य धकेलाधकेल भएको मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञविनोद पोखरेलले बताए ।

“सामान्य विवाद हुँदा मन्त्री महेशप्रसाद यादवको नाकमा चोट लागेको भन्ने छ । थप कुरा म आफैँ भेटेर बुझ्छु,’ डीआईजी पोखरेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *