वीरेन्द्र क्याम्पसमा अनेरास्ववियुद्वारा आयोजित वक्तृत्वकला सम्पन्न : अर्किड कलेजका प्रतिक अधिकारी बने प्रथम

  • Home
  • -
  • Banner
  • -
  • वीरेन्द्र क्याम्पसमा अनेरास्ववियुद्वारा आयोजित वक्तृत्वकला सम्पन्न : अर्किड कलेजका प्रतिक अधिकारी बने प्रथम
वीरेन्द्र क्याम्पसमा अनेरास्ववियुद्वारा आयोजित वक्तृत्वकला सम्पन्न : अर्किड कलेजका प्रतिक अधिकारी बने प्रथम

चितवन, १० पुस  –
नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनयिन (अनेरास्ववियु) वीरेन्द्र बहुमुखी क्याम्पस कमिटीले जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । आज विहान क्याम्पसमा ‘बढ्दो वैदेशिक पलायन रोक्न विश्वविद्यालयको भूमिका’ शिर्षकमा प्रतियोगिता सम्पन्न गरिएको हो ।

कार्यक्रम संयोजक एवम् क्याम्पस कमिटी उपाध्यक्ष सन्दिप अधिकारीका अनुसार प्रतियोगितामा अर्किड कलेजका प्रतिक अधिकारी प्रथम भएका छन् भने सनराइज स्कुलका मुना गैरे द्धित्तिय र अरोमा कलेजका रसिक गौतमले तृतिय स्थान हाँसिल गरे । उनीहरुलाई ट्रफि र प्रमाणपत्रसहित क्रमशः नगद १० हजार, ६ हजार र ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको जानकारी दिए ।

कार्यक्रममा १७ जना सहभागी भएका थिए । प्रवेश शुल्क २ हजार राखिएको थियो । कार्यक्रमको मुख्य प्रायोजक सेन्ट्रल कलेज रहेको थियो ।
कमिटीका अध्यक्ष सुदिप पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, क्याम्पस प्रमुख दयाराम पौडेल, सेन्ट्रल कलेजका प्रिन्सिपल तथा समाजसेवी यज्ञविलास पौडेल ‘वाइवि’, अनेरास्ववियु निर्वाचन आयोग सदस्य सचेत सुवेदीले मन्तव्य राखेका थिए । क्याम्पस कमिटी सचिव सौगत बस्यालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सन्दिप अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

एमाले अध्यक्ष रामप्रसाद न्यौपानेले बढ्दो वैदेशिक पलायन अहिलेको ठूलो समस्याको रुपमा रहेको बताउँदै यसलाई रोक्न विश्वविद्यालय र सरकार दुबैले उचित कदम चालिहाल्नु पर्ने बताए ।

यसैगरी कार्यक्रममा अनेरास्ववियु तथा एमालेका नेताहरु देव पाठक, प्रकाश भट्ट, प्रकाश कालाखेती, लिलाराम पौडेल, अमित आचार्य, दिवश थपलिया, सिपि न्यौपाने, विज्ञान अधिकारी, आकाश गिरी, विभिन्न क्याम्पस कमिटीका अध्यक्ष, लगायत वीरेन्द्र क्याम्पसका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

अनेरास्ववियु वीरेन्द्र क्याम्पस कमिटीले भोलि पुष १२ गते अधिवेशन अर्थात क्याम्पस सम्मेलन गर्न लागेको छ । आगामी नेतृत्वका लागि कमिटीका उपाध्यक्ष सन्दिप अधिकारी र कमिटीका सचिब सौगात बस्यालले आकांक्षा व्यक्त गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *