झापामा हात्ती आतंक : फेरी एकजनाको मृत्यु

  • Home
  • -
  • Banner
  • -
  • झापामा हात्ती आतंक : फेरी एकजनाको मृत्यु
झापामा हात्ती आतंक : फेरी एकजनाको मृत्यु

टिकाराम बास्तोला –
झापा, ४ पुस

झापामा फेरि जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका- २ का अन्दाजी ५५ वर्षीय पाथल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशी हल्दिबारी २ नम्बर वडा कार्यालयका कार्यालय सहयोगीमा कार्य‌रत थिए ।

राजवंशी बुधबार बिहान घरबाट निस्किएका थिए । घर नर्फकिएपछि परिवारका सदस्यले उनको खोजी गरेका थिए । उनको घर नजिकैको नालामा झारले छोपेको अवस्थामा शव फेला परेको वडाध्यक्ष शुकलाल राजवंशीले जानकारी दिए ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापा, डिभिजन वन कार्यालय झापाको टोली पुगेको प्रहरीले जनाएको छ । गत मंसिरमा हल्दिबारी र दमकमा हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *