काठमाडाैँ, ५ मङ्सिर
माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्ने प्रशासनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको निषेधाज्ञाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता स्वागत नेपालले रिट निवेदन दिएका हुन्।
रिट निवेदक अधिवक्ता स्वागत नेपालका अनुसार रिट दर्ता भई भोलि असोज ६ गतेका लागि पेसी तोकिएको छ ।