बागमती प्रदेश अधिवेशनमा चितवनबाट ३५ जना प्रतिनिधि छनोट

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • बागमती प्रदेश अधिवेशनमा चितवनबाट ३५ जना प्रतिनिधि छनोट
बागमती प्रदेश अधिवेशनमा चितवनबाट ३५ जना प्रतिनिधि छनोट

चितवन, ४ मङ्सिर
नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनले वाग्मती प्रदेशको ऐतिहासिक प्रथम अधिवेशनको लागि प्रतिनिधि छनोट गरेको छ ।

अनेरास्ववियु जिल्ला कमिटीबाट ५ जना, पालिका कमिटीबाट ९ जना, प्रारम्भिक कमिटीबाट २ जना र स्ववियु निर्वाचन हुने क्याम्पस तथा कलेज कमिटीहरू बाट १९ जना समेत गरि चितवन जिल्ला भरिबाट ३५ जना प्रतिनिधि छनोट भएको अनेरास्ववियु जिल्ला कमिटी चितवनका अध्यक्ष हरी आचार्यले जानकारी दिनुभयो ।

अनेरास्ववियुको प्रथम बागमती प्रदेश अधिवेशन प्रदेश राजधानी हेटौंडामा मंसिर ९ र १० गते हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *