उर्लाबारी आगलागीका १० घाइतेलाई काठमाडौं ल्याइयो

  • Home
  • -
  • Banner
  • -
  • उर्लाबारी आगलागीका १० घाइतेलाई काठमाडौं ल्याइयो
उर्लाबारी आगलागीका १० घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । नेपाली सेनाले १० जना आगोले पोलेका घाइतेको हवाई उद्धार गरेको छ ।

यही कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरी र २३ सर्वसाधारण समेत गरी २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई आज नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाडौं ल्याइएको हो ।

कार्कीको घरमा भएको आगलागीमा घाइते भएका १४ जनालाई सोमबार नेपाली सेनाको विमानद्वारा विराटनगरबाट काठमाडौं ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *