पोखरामा बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते

  • Home
  • -
  • Banner
  • -
  • पोखरामा बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते
पोखरामा बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते

पोखरा, १२ कात्तिक
पोखराको छोरेपाटनबाट स्तुपाहुँदै पुम्दीकोट जाँदै गरेको बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन् ।

पुम्दीकोटतर्फ जाँदै गरेको ग १ ख ८५८५ नं को माइक्रो बस उक्त सडक खण्डको घैयाखेत भन्ने स्थानमा दुर्घटना भएको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो ।

बस दुर्घटना हुनासाथ सुरक्षाकर्मी एवं स्थानीयवासीको सहयोगमा घाइतेको तत्काल उद्दार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइसकिएको उहाँले जानकारी दिनुभयो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना भएलगत्तै तत्काल उद्धार हुन सकेका कारण घाइतेलाई चाँडै नै अस्पतालमा पुर्‍याउन सकिएको स्थानीयवासी युवक लामिछानेले जानकारी दिनुभयो । घाइतेको अवस्थाबारे थप जानकारी आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *