बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा मञ्जुश्री आश्रमका बालिकाको निःशुल्क स्वास्थ्य बीमा

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा मञ्जुश्री आश्रमका बालिकाको निःशुल्क स्वास्थ्य बीमा
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा मञ्जुश्री आश्रमका बालिकाको निःशुल्क स्वास्थ्य बीमा

चितवन । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले चितवनको भरतपुर महानगरपालिका ११ स्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रित बालिकाको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । आज ९बिहीबार० एक कार्यक्रमकाबीच संरक्षण केन्द्रमा आश्रित २० जना बालिकाको निःशुल्क बीमा गरिएको हो ।

प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीको उपस्थितिमा बीमा गरिएको हो । स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य कार्यालय चितवनसँगको समन्वयमा बालिकाहरुको बीमा गरिएको हो । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम अनुसार आश्रमका बालिकाहरुको बीमा गरिएको मन्त्री जोशीले जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मन्त्रालयले प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका आश्रममा आश्रित, अपाङ्ग, सिमान्तकृत तथा लोपउन्मुख जातीहरुको निःशुल्क बीमा, महिला स्वास्थ्य स्वंसेविकाहरुलाई ५० प्रतिशत अग्रिम भुक्तानी गरी बीमाको दायरामा ल्याईरहेको मन्त्री जोशीको भनाइ छ । सोही कार्यक्रम अन्तर्गत आज मञ्जुश्रीमा आश्रित बालिकाहरुको बीमा गरिएको उहाँले बताउनुभयो ।

आश्रमकी संरक्षक मञ्जु खाँणले प्रदेश सरकारले बालिकाहरुलाई बीमाको दायरामा ल्याएर प्रशंसनीय काम गरेको बताउनुभयो । यसले आश्रम सञ्चालनमा पनि सहज हुने उहाँले बताउनुभयो । कार्यक्रममा स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य कार्यालय चितवन प्रमुखलगायतको पनि उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *