सर्वोच्चले सरकारसँग माग्यो रिगलकाे कैद मिनाहा गर्नुको कारण

  • Home
  • -
  • Banner
  • -
  • सर्वोच्चले सरकारसँग माग्यो रिगलकाे कैद मिनाहा गर्नुको कारण
सर्वोच्चले सरकारसँग माग्यो रिगलकाे कैद मिनाहा गर्नुको कारण

काठमाडौं । सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकालको कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो । यस्तै सर्वोच्चले अर्को सुनुवाइको पेसी असोज २५ गतेलाई तोक्न पनि आदेश गरेको छ।

रिगलले खुँडा प्रहार गरेर नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका थिए । चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *