सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप

  • Home
  • -
  • Banner
  • -
  • सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप
सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप

सुर्खेत, २३ वैशाख –

सुर्खेतको सिम्ता गाउँपािलका–६ बादेपिपलमा नेपाली एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको छ । बिहिबार राति ११ बजे एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो ।

एमाले र कांग्रेसका कार्यक्रताबीच झडप हुँदा सिम्ला गाउँपालिका–५ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्र सिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।

प्रहरीले अवस्था नियन्त्रणमा लिन दुई सेल अश्रु ग्याँस फायर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

अहिले अवस्था सामान्य रहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । – न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *