सुझाव संकलनका लागि रास्वपाले खटायो जिल्ला-जिल्लामा सांसद र केन्द्रीय नेता

  • Home
  • -
  • Banner
  • -
  • सुझाव संकलनका लागि रास्वपाले खटायो जिल्ला-जिल्लामा सांसद र केन्द्रीय नेता
सुझाव संकलनका लागि रास्वपाले खटायो जिल्ला-जिल्लामा सांसद र केन्द्रीय नेता

काठमाडौँ, २ असोज 
सुझाव संकलनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्यहरुलाई जिल्ला–जिल्लामा खटाएको छ।

पार्टीका महामन्त्री मुकुल ढकालका अनुसार केन्द्रबाट खटाइएका १९ जना केन्द्रीय सदस्यहरुले तीन दिन बसेर सुझाव, गुनासो संकलन गरेर ल्याउनु पर्नेछ ।

संविधान दिवसका सन्दर्भमा पनि रास्वपा पहिलो चरणमा जिल्ला जान लागेको हो। तीन चरणमा जिल्ला गएर, सुझाव संकलन गरेर दस्तावेजलाई पूर्णता दिने रास्वपाको तयारी छ।

पार्टी सभापति रवि लामिछाने रोल्पा जाने , उपसभापति डोलप्रसाद अर्याल मधेस प्रदेशअन्तर्गत पर्सा जाने, महामन्त्री ढकाल कालिकोट जानेछन्। संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई बैतडी खटाइएको छ। त्यस्तै सुमना श्रेष्ठ कैलालीको टीकापुर, शिशिर खनाल रसुवा, मनिष झा पर्वत, गणेश पराजुली ओखलढुंगा जाने भएका छन् ।

केन्द्रीय सदस्य रमेश प्रसाईं सुर्खेत, सन्तोष परियार कपिलवस्तु, विपीन आचार्य संखुवासभा, डा तोसिमा कार्की डोटी, हरि ढकाल सोलुखुम्बु, कमल सुवेदी गौर, रौतहट जाने भएका छन् ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटी कञ्चनपुर, डा. स्वर्णीम वाग्ले तनहुँ, गणेश कार्की सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताल खोटाङ र शंकर श्रेष्ठ इलाम जाने छन्।

सांसद र केन्द्रीय नेताहरूले ल्याएका सुझाव, गुनासाहरूलाई पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमा समेटिने महामन्त्री मुलुक ढकालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *