नारायणी नदीमा नयाँ पुल उत्तरतर्फ बनाइने

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • नारायणी नदीमा नयाँ पुल उत्तरतर्फ बनाइने
नारायणी नदीमा नयाँ पुल उत्तरतर्फ बनाइने

चितवन, २९ भदौ
नारायणगढ बजार नजिकैको नारायणी नदीमा निर्माण गर्न लागिएको नयाँ पुल हाल भएको पुलबाट उत्तरतर्फ (माथिल्लो भागमा) बनाइने भएको छ । पूर्व–पश्चिम राजमार्गको सडकको भागमा पर्ने गरी पुल बनाउन लागिएको हो ।

सडक विभाग अन्तर्गतको पुल महाशाखाले नक्साङ्कनसहित पुल निर्माणका लागि टुण्डी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरिसकेको छ । महाशाखाका सिनियर डिभिजनल इन्जिनियर कृष्ण अधिकारीका अनुसार गत जेठ १९ गते ४८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।

पुल अहिले भइरहेको पुलको माथिल्लो अर्थात् उत्तरतर्फ निर्माण हुनेछ । निर्माण कम्पनीले पहिलो एक वर्षमा नक्साङ्कनको काम सम्पन्न गर्नुपर्ने हुन्छ । हाल प्रारम्भिक नक्साको काम कम्पनीले गरिरहेको उहाँले जानकारी दिनुभयो । पुल कम्तीमा चार सय २० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । भविष्यमा नदीमा पानीजहाज, स्टिमर सञ्चालन गर्दा समस्या नहुने गरी पुल निर्माण गरिनेछ ।

पुल निर्माणका लागि रु एक अर्ब ६८ करोड हाराहारी खर्च हुनेछ । हाल सञ्चालनमा रहेको पुल विसं २०३८ मा निर्माण भएको हो । यो पुलको आयु ७० वर्ष रहेको बताइएको छ ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *