क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आजदेखि सुनुवाइ हुँदै

  • Home
  • -
  • Banner
  • -
  • क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आजदेखि सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आजदेखि सुनुवाइ हुँदै

काठमाडौँ, १० भदौ
नाबालिग बलात्कारको अभियुक्त क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि पुनः सुनुवाइ हुने भएको छ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतमा यो मुद्दाको पेसी रहेको छ । यसअघि साउन ३२ गतेदेखि निरन्तर सुनुवाई हुने भनिएपनि पीडितकी आमाको समेत दुईवटा जन्मदर्ता देखिएको भन्दै अदालतले उनको जन्ममिति यकिन गर्न आदेश गरेको थियो।

त्यसको १० दिनमा मुद्दाको पुनः सनुवाइ हुने भएको हो ।

अघिल्लो सुनुवाइमा सन्दीपले अदालतमा पेस गरेको पीडितको जन्म दर्ताको वैधानिकतामाथि प्रश्न उठेको छ।

सन्दीप आफैंले पेस गरेको जन्मदर्ता कहाँबाट आयो भन्ने कुरा उनी आफैंलाई थाहा नभएको बताएका थिए।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *