रिद्धि गर्ल्स होस्टेलका सञ्चालक प्रवेश गौतम नेपाल होस्टल एशोसिएसन चितवनको उपाध्यक्षमा निर्वाचित

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • रिद्धि गर्ल्स होस्टेलका सञ्चालक प्रवेश गौतम नेपाल होस्टल एशोसिएसन चितवनको उपाध्यक्षमा निर्वाचित
रिद्धि गर्ल्स होस्टेलका सञ्चालक प्रवेश गौतम नेपाल होस्टल एशोसिएसन चितवनको उपाध्यक्षमा निर्वाचित

चितवन, साउन २१ –
रिद्धि गल्र्स होस्टेलका सञ्चालक प्रवेश गौतम नेपाल होस्टल एशोसिएसन चितवनको उपाध्यक्षमा निर्वाचित भएका छन् ।

शनिबार साँझ सम्पन्न नेपाल होस्टल एशोसिएसन चितवन शाखाको नवौं साधारण सभा तथा पाँचौ अधिवेशनमा भएको चुनावबाट गौतम निर्वाचित भएका हुन् ।

अधिवेशनबाट ११ सदस्यिय जिल्ला कमिटी चयन गरिएकोमा उपाध्यक्ष बाहेक अन्य पदका लागि चुनाव गर्नु परेन । सर्वसम्मतिले चयन गरियो ।

अध्यक्षमा आरती शाह, सचिवमा प्रदिप सुनार, सहसचिवमा सुजनबाबु भट्ट, कोषाध्यक्षमा पुनम जिसी र सदस्यहरुमा सम्झना पन्त, रुकु बस्नेत, पवन गुरुङ्ग, अर्जुन पाण्डे, मोहन निरौला र कृष्ण बगाले सर्वसम्मतले चयन भए ।

अधिवेशन अघि भएको शाखाको नवौं साधारण सभा सफलतापूर्वक सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *