गर्मी तत्काल नरोकिने संकेत, घर बाहिर ननिस्किन जल तथा मौसम विज्ञान विभागको सुझाव

  • Home
  • -
  • Banner
  • -
  • गर्मी तत्काल नरोकिने संकेत, घर बाहिर ननिस्किन जल तथा मौसम विज्ञान विभागको सुझाव
गर्मी तत्काल नरोकिने संकेत, घर बाहिर ननिस्किन जल तथा मौसम विज्ञान विभागको सुझाव

२४ जेठ, काठमाडौं –

देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझावसमेत दिएको छ ।

महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने हुँदा तराई मधेशका जिल्लाहरुमा तातो हावा तथा लूको सम्भावना छ । त्यसैले त्यसबाट बच्न सतर्कता अपनाउन जरुरी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *