यी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी

  • Home
  • -
  • Banner
  • -
  • यी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
यी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी

काठमाडाैं जेठ २३,

मौसम पूर्वानुमान महाशाखाले मध्य तथा पूर्वी तराईका भूभागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिएका कारण तातो हावा/लू चल्ने जनाएको छ ।

मंगलवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

कोशी तथा मधेश प्रदेशका तराईका १–२ स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले अत्याधिक गर्मी, मेघगर्जन, चट्याङ तथा हावाहुरीबाट हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *