यस्तो रहनेछ आजको मौसम

  • Home
  • -
  • Banner
  • -
  • यस्तो रहनेछ आजको मौसम
यस्तो रहनेछ आजको मौसम

काठमाडौं जेठ १२
आगामी २४ घण्टामा देशका चारवटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कोशी, मधेश, वागमती र सुदूरपश्‍चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। तराईका केही स्थानमा भने हावाहुरीको सम्भावना देखिएको छ। मेघ गर्जन, चट्याङ र हावाहुरीबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

देशभर पश्‍चिमी निम्‍न चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण वर्षा भइरहेको विभागको भनाइ छ। हिजो राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, वागमती, गण्डकी र सुदूरपश्‍चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भएको थियो।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान छ। मधेश, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा हावाहुरीको जोखिम पनि देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *