रिटेनिङ वाल गुणस्तरहीन भएको भन्दै १ लाख ३२ हजार भोल्टको हाइटेन्सन पोलमा चढे एक युवा

  • Home
  • -
  • Banner
  • -
  • रिटेनिङ वाल गुणस्तरहीन भएको भन्दै १ लाख ३२ हजार भोल्टको हाइटेन्सन पोलमा चढे एक युवा
रिटेनिङ वाल गुणस्तरहीन भएको भन्दै १ लाख ३२ हजार भोल्टको हाइटेन्सन पोलमा चढे एक युवा

विराटनगर बैशाख ३०
मोरङको बुढीगंगा गाउँपालिकाका एक युवा विजुलको हाइटेन्सन पोलमा चढेका छन् । वडा नं. ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझीले सडकमा निर्माण भइरहेको रिटेनिङ वालको गुणस्तर कमसल भएको विरोधमा हाइटेन्सन पोलमा चढेका हुन् ।

बिहान पोलमा चढेका उनलाई ओराल्ने प्रयास भइरहेको छ । उनी दुहबी दमक लाइनको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलको टुप्पोमा बसेका छन् ।

गाउँपालिका अध्यक्ष जीतनारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफ्नो मागलाई वेवास्ता गरेको भन्दै उनले आत्मदाह गर्ने चेतावनी दिएका छन् ।

बुढीगंगा ७ का वडाध्यक्ष पंकज चौधरीले ती युवालाई उतार्न प्रयास भइरहेको बताए । बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिणतर्फ जाने सडकमा रिटेनिङ वाल निर्माणको काम गुणस्तरहीन भएको ती युवाको भनाइ छ ।‌

Leave a Reply

Your email address will not be published. Required fields are marked *