काठमाडाैं बैशाख १५,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने सम्भावना नरहेको बताएका छन् ।
चुनावपछि प्रधानमन्त्रीसँग फोनमा कुरा भए पनि सरकारमा सहभागिताको कुरा नभएको उनले बताए ।
शुक्रवार संसद् सचिवालय सिंहदरबारमा सांसदको शपथ लिएपछि पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले आफूहरू देशमा राजनीतिक अस्थिरता नहोस् भन्नेमा चिन्तित रहे पनि न्यूनतम् अडानमा सम्झौता नगर्ने बताए ।
‘प्रधानमन्त्रीले बधाई दिन फोन गर्नुभएको थियो । सरकारमा सहभागिताका विषयमा कुरा भएन,’ लामिछानेले भने, ‘अस्थिरता नहोस् भन्ने चाहन्छौ, यथास्थितिमा सरकारमा जाने कुरा सोचेका छैनौं ।’
https://www.youtube.com/watch?v=br5SlvSgoQ8
अर्का सांसद स्वर्णिम वाग्लेले देश विकासका लागि राजनीतिक स्थिरताको कुरा साधन नभई सैद्धान्तिक मान्यता रहेको बताए ।
उपनिर्वाचनबाट विजयी लामिछाने र वाग्लेले शपथ लिए पनि जसपा अध्यक्ष उपेन्द्र यादव भने शुक्रवारको शपथमा सहभागी भएनन् । यादव बारा– २ बाट निर्वाचित भएका हुन् ।