सरकारबाट फिर्ता हुने एमालेको निर्णय

  • Home
  • -
  • Banner
  • -
  • सरकारबाट फिर्ता हुने एमालेको निर्णय
सरकारबाट फिर्ता हुने एमालेको निर्णय

काठमाडौं – नेकपा (एमाले)ले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकबाट सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरिएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

गएको पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन एमालेसहित सात दलका सांसदले हस्ताक्षर गरेर बहुमत पुर्‍याएका थिए । त्यति बेला राष्ट्रपति पद एमालेले पाउने मौखिक सहमति भएको थियो ।

तर, सहमतिविपरीत प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहितको आठदलीय मोर्चा बनाए । राष्ट्रपतिमा कांग्रेस उमेदवार रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरे । त्यसपछि एमाले सरकारबाट बाहिरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *