आजको मौसमः प्रदेश १, बाग्मती र गण्डकीमा हिमपात हुन सक्ने

  • Home
  • -
  • Banner
  • -
  • आजको मौसमः प्रदेश १, बाग्मती र गण्डकीमा हिमपात हुन सक्ने
आजको मौसमः प्रदेश १, बाग्मती र गण्डकीमा हिमपात हुन सक्ने

काठमाडौं माघ १८

देशका भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती पनि प्रदेश नं. १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *