अनुसन्धानमा बाधा पुर्‍याउनेलाई कारबाही गर्ने गृहमन्त्री लामिछानेको चेतावनी

  • Home
  • -
  • Banner
  • -
  • अनुसन्धानमा बाधा पुर्‍याउनेलाई कारबाही गर्ने गृहमन्त्री लामिछानेको चेतावनी
अनुसन्धानमा बाधा पुर्‍याउनेलाई कारबाही गर्ने गृहमन्त्री लामिछानेको चेतावनी

 पुस, २८ चितवन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपराध छानबिनमा प्रभाव पार्न खोज्नेहरुलाई समेत कारबाही गर्ने चेतावनी दिएका छन् ।

बिहीबार चितवन पुगेका लामिछानेले महसुस गर्न सक्ने गरी शान्ति सुरक्षा कायम गर्ने बताए । ‘कुनै पनि दलले अवराध अनुसन्धानमा बाधा पुर्‍याउने, मेरो मान्छे छोडिदेउ भनेके सुन्न पर्दैन,’ उनले भने, ‘बरु त्यस्तो भनेको प्रमाण ल्याउनु भयो भने भन्ने मान्छेलाई पनि कानुनी दायरामा ल्याउन सकिन्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले आफ्नो दलका कोही कसैले प्रभाव पार्न खोजे निर्मम भएर काम गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको बताए ।

चुनावका बेला आफूले गरेको कुनै पनि बाचा नबिर्सिएको भन्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले भने, ‘राम्रो कति गर्न सक्छु थाहा छैन, तर नराम्रो एउटा पनि गर्दिन । कति दिन, महिना वर्ष रहन्छु थाहा छैन । तर सफा हात बोकेर छिरेको छु, सफा हात लिएर निस्किन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *