प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

  • Home
  • -
  • Banner
  • -
  • प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं, मङ्सिर २६
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

आज बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई सर्तसहित समर्थन गर्ने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

‘केन्द्रीय सचिवालयको ४६ औं बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ,सर्तसहित यो सरकारलाई विश्वासको मत दिइन्छ। ’ उनले भने

प्रतिनिधिसभामा नेकपा एसका १० सदस्य छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *