१४ औं संस्करणको चितवन महोत्सव : तोरी र मौरीको प्रर्वद्धनका लागि विशेष परिसर बनाइने

  • Home
  • -
  • Banner
  • -
  • १४ औं संस्करणको चितवन महोत्सव : तोरी र मौरीको प्रर्वद्धनका लागि विशेष परिसर बनाइने
१४ औं संस्करणको चितवन महोत्सव : तोरी र मौरीको प्रर्वद्धनका लागि विशेष परिसर बनाइने

चितवन, पुष १९-
नारायणी किनारमा पुस २५ देखि माघ ४ गतेसम्म १४ औँ चितवन महोत्सव हुने भएको छ ।

उद्योग वाणिज्य संघ चितवनको आयोजना एवम भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको प्रबद्र्धनमा महोत्सव गरिन लागेको आज पत्रकार सम्मेलनको आयोजना गरि जनाएको हो ।

यसपटकको १४औं संस्करणले चितवनको पहिचान बनेको तोरी र मौरीको प्रवद्र्धन गर्ने भएको छ ।

पछिल्लो समय तोरीको उत्पादन घट्दै गएकाले त्यसको प्रवद्र्धनका लागि महोत्सवमा विशेष परिषर बनाउन लागिएको आयोजक उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस्तै, बैंकको व्याज विरुद्धका नारा अंकित विरोध व्यानर महोत्सव अवधिभर राखेर विरोध गर्ने कार्यक्रम पनि रहेको उनले जानकारी दिए ।

खाना प्रबद्र्धन गर्ने उद्देश्यले पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिभल आयोजना हुँदैछ ।

भने पुस २८ देखि माघ ३ गतेसम्म चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठिहरु संचालन गरिने आयोजकले जनाएको छ ।

१० दिनसम्म संचालन हुने महोत्सवमा विविध खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको भेषभुषा, कला संस्कृति झल्कने विविध मनोरञ्जनात्मक संस्कृतिक कार्यक्रम, प्रतियोगितात्मक कृषिउपजको प्रर्दशनी, फर्न पार्क संचालन हुनेछन् ।

महोत्सवको टिकट शुल्क सर्वसाधारणको लागि ६० र बिद्यार्थीको लागि  ३० राखिएको छ ।

४५० ओटा स्टल रहने महोत्सवमा आन्तरिक तथा वाह्य पर्यटक सहित करिब ५ लाखले अवलोकन गर्ने तथा २५ करोडभन्दा  बढी कारोबार हुने अनुमान गरिएको छ ।

महोत्सवको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *