चितवनमा बढ्यो चिसो

  • Home
  • -
  • Banner
  • -
  • चितवनमा बढ्यो चिसो
चितवनमा बढ्यो चिसो

चितवन, पुष १३-
चितवनमा चिसो बढेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा चितवनका स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् ।

आज चितवनमा घामसमेत लागेको छैन । वातावरण धुम्म छ । चिसोले मानिसको आवतजावत तथा हिँडडुलमा समेत कमी देखिएको छ ।

बजार तथा पसलहरुमा मानिसको चलहपहल निक्कै कम भएको छ । बिहानै खुल्ने व्यपारीक पसल र बजारहरु पनि ढिलो गरी खुलिरहेका छन् ।

साँझ पख पनि चिसो झनै बढ्न थालेपछि बजारहरु सिम्साँझै सुनसान हुन थालेका छन् । चिसो बढेपछि ज्याकेट र न्यानो कपडा पसलहरुमा ग्राहकको भिड बढेको छ । चिसो अझ बढ्न सक्ने अनुमानका कारण मानिसहरुले न्यानो लुगा जोहो गर्न थालेका छन् ।

यस्तै चिसोबाट जोगिन तथा बालबालिका र वृद्धबृद्धाको विषेश ध्यान दिन चिकित्सकहरुले आग्रह गरेका छन् ।

हिमपात र हुस्सुका कारण दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *