रेशम चौधरी रिहा हुने हल्ला, स्वागत गर्न डिल्लीबजार कारागारमा कार्यकताको भिड

  • Home
  • -
  • Banner
  • -
  • रेशम चौधरी रिहा हुने हल्ला, स्वागत गर्न डिल्लीबजार कारागारमा कार्यकताको भिड
रेशम चौधरी रिहा हुने हल्ला, स्वागत गर्न डिल्लीबजार कारागारमा कार्यकताको भिड

काठमाडौं, मंसिर २६-
नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी रिहा हुने हल्लाले उनका कार्यकर्ताहरु डिल्लीबजार कारागार पुगेका छन् ।

चौधरीलाई स्वागत गर्न भन्दै केही कार्यकर्ताहरु झण्डा र फूलमालासहित कारागार अगाडि गएर बसेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन गर्ने निर्णय गरेको छ । यसबाट कस्ता–कस्ता मुद्दा फिर्ता लिन नमिल्ने भनी किटान गरिएका नकारात्मक सूचीलाई संशोधन गरिने छ ।

एक मन्त्रीका अनुसार यो अध्यादेश राष्ट्रपतिबाट हुबहु जारी भयो भने जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी छुट्नेछन् । सत्ता स्वार्थका लागि रेशम चौधरीलाई रिहा गर्न अध्यादेश ल्याएको भन्दै सरकारको आलोचना समेत भइरहेको छ ।

२०७२ सालमा कैलालीको टीकापुरमा थरुहटले गरेको आन्दोलनमा झडप हुँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका पाँच जना, सशस्त्र प्रहरीका दुई जना र एक बालक गरी आठ जनाको मृत्यु भएको थियो ।

सोही घटनामा दोषी ठहर भई चौधरीले जन्मकैदको सजायँ भोगिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *