चितवन २ (क) मा एमालेका कृष्ण सिलवाल बिजयी

  • Home
  • -
  • Banner
  • -
  • चितवन २ (क) मा एमालेका कृष्ण सिलवाल बिजयी
चितवन २ (क) मा एमालेका कृष्ण सिलवाल बिजयी

चितवन,८ मंसिर –
प्रदेशसभा निर्वाचन अन्तरगत चितवन २(क) मा एमाले उम्मेदवार कृष्ण सिलवाल बिजयी हुनुभएको छ ।

सो निर्वाचन क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)का उम्मेदवार घनश्याम दाहाल अविनाशलाई १२४० मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार कृष्ण सिलवाल विजयी हुनुभएको हो ।

सिलवालले १६ हजार ५ सय मत प्राप्त गरेर विजयी हुनुहुँदा उहाँका निकटतम प्रतिद्धन्द्धी दाहालले १५ हजार २ सय ६० मत पाउनुभयो । यो प्रदेश निर्वाचन क्षेत्रमा ४३ हजार ९७ मत गणना भएको थियो ।

अन्य मत पेटिकामा पनि प्रदेशको प्रत्यक्षतर्फको मतपत्र परेको हुन सक्ने भएकाले औपचारिक घोषणा गरिनसकेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *