इरानमा अतिवादी हमला, कम्तीमा १२ जनाको मृत्यु

  • Home
  • -
  • अन्तर्राष्ट्रिय
  • -
  • इरानमा अतिवादी हमला, कम्तीमा १२ जनाको मृत्यु
इरानमा अतिवादी हमला, कम्तीमा १२ जनाको मृत्यु

एजेन्सी
तेहरान, ११ कात्तिक

इरानको दक्षिणी  सहर सिराजमा भएको अतिवादी हमलामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको छ । बुधबार उक्त सहरको एक धार्मिकस्थलमा अतिवादीले विस्फोट गराउदा १२ जनाको मृत्यु भएको र २० जना घाइते भएका सरकारले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

मारिनेमा  एकजना महिला र अरु दुई बालबालिका छन् । सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्ष्य गरेर हमला गरिएको बताइएको छ । आक्रमणमा संलग्न  तीन जनामध्ये एकलाई प्रहरीले हिरासतमा लिएको छ ।

आक्रमणको  प्रहरीले अनुसन्धान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *