कालिकोट अपडेट : लास जलाउँदा पहिरो झरेपछि मलामीको भागाभाग, १३ जना हराएको पुष्टि

  • Home
  • -
  • Banner
  • -
  • कालिकोट अपडेट : लास जलाउँदा पहिरो झरेपछि मलामीको भागाभाग, १३ जना हराएको पुष्टि
कालिकोट अपडेट : लास जलाउँदा पहिरो झरेपछि मलामीको भागाभाग, १३ जना हराएको पुष्टि

काठमाडौं, असोज २४-
कालिकोटको तिलागुफा–४ राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो । तिनैहरुमध्ये १३ जना हराएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

गाउँका अन्य घरहरु पनि पहिरोको जोखिममा परेकाले केही स्थानीयवासी कालिका माविमा आश्रय लिएर बसेको पनि प्रजिअ शर्माले बताए । ‘त्यहाँ करिब १०० घर छन् । बालबालिकाहरुसमेत गरी ५ सय जतिले स्कुलमा आश्रय लिएर बसेको अनुमान छ,’ प्रजिअ शर्माले जानकारी दिए ।

मौसम सुधार भएपछि हेलिकोप्टरबाट उनीहरुलाई उद्धार गर्ने तयारी पनि गरिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *