एमाले र जसपाबीच सहमति : चुनावी तालमेल हुने

  • Home
  • -
  • Banner
  • -
  • एमाले र जसपाबीच सहमति : चुनावी तालमेल हुने
एमाले र जसपाबीच सहमति : चुनावी तालमेल हुने

काठमाडौं, असोज २२ –
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र जनता समाजवादी नेपाल (जसपा) बीच चुनावी तालमेल भएको छ । अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष यादवबीच शुक्रबार साँझ सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार जसपाले १७ सिट पाउनेछ ।

एमाले र जसपा तालमेल गरी मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । सहमतिअनुसार एमालेले जसपालाई सप्तरी १, २ र ४, सिरहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, रौतहट २, बारा २, पर्सा १ र २, रुपन्देही ४, मोरङ ५ र सुनसरी १ मा प्रतिनिधिसभातर्फ सघाउनेछ । त्यसैगरी जसपाले एमालेलाई अन्य ठाउँमा सघाउने सहमति गरेको छ ।

हेर्नुहोस् समतिको पूर्ण पाठ :

तस्विर : एमाले अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच सहमतिपत्र आदानप्रदान गरिदै । तस्बिर : एमाले महासचिव शंकर पोखरेलको फेसबुक पेजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *