त्रिशुली नदीमा नुहाउने क्रममा १२ वर्षीय बालक बेपत्ता

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • त्रिशुली नदीमा नुहाउने क्रममा १२ वर्षीय बालक बेपत्ता
त्रिशुली नदीमा नुहाउने क्रममा १२ वर्षीय बालक बेपत्ता

चितवन, भदौ २०–
चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटार, धारापानीस्थित त्रिशुली नदीमा नुहाउने क्रममा एक बालक बेपत्ता भएका छन् ।

सोमबार दिउँसो ३ः३० बजेको समयमा त्रिशुली नदीमा नुहाउन गएका वीरगञ्ज महानगरपालिका–२१ मनोहर घर भई हाल कुरिनटारमा लेबर काम गर्दै आएका कृष्णप्रसाद यादवका १२ वर्षीय छोरा अक्लेश यादव नदीमा बेपत्ता भएका हुन् । अक्लेश बाराको गढीमाई नगरपालिका–६ तेलगाई घर भई हाल सोही ठाउँमा बस्ने १७ वर्षीय विशाल यादवसंग त्रिशुली नदी किनारमा नुहान गएका थिए ।

अक्लेश नदी किनारमा पौडी खेल्ने क्रममा बेपत्ता भएको जानकारी पाएपछि प्रहरीले खोजी कार्य जारी राखेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका टोली र शसस्त्र प्रहरी बलको गोताखोरसहितको टोलीले खोजी गरिरहेको चितवन प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *