आजबाट राहादानीको अनलाइन आवेदन बिहान ११ बजेदेखि

  • Home
  • -
  • Banner
  • -
  • आजबाट राहादानीको अनलाइन आवेदन बिहान ११ बजेदेखि
आजबाट राहादानीको अनलाइन आवेदन बिहान ११ बजेदेखि

काठमाडौं, १७ साउन

राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन आज बिहान ११ बजेदेखिनै खुल्ने भएको छ। राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा आज देखि भने बिहान ११ बजेबाट नै खुलाउन लागेको हो ।

विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो । विभागले हाल दुई हजार चार सय जनाको प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरेको छ ।

प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्‍नुपर्छ ।न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *