कंगोमा २ भारतीय शान्ति सैनिक मारिए

  • Home
  • -
  • Banner
  • -
  • कंगोमा २ भारतीय शान्ति सैनिक मारिए
कंगोमा २ भारतीय शान्ति सैनिक मारिए

किन्सासा, ११ साउन

प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्र शान्ति मिसनमा सहभागी भएका भारतको दुई सीमा सुरक्षा बलका कर्मचारीहरू मंगलबार हिंसात्मक प्रदर्शनका क्रममा मारिएका बलका प्रवक्ताले पुष्टि गरेका छन् ।

विदेश मन्त्री एस जयशंकरले दुई बहादुर भारतीय शान्ति सैनिकको मृत्युमा गहिरो शोक व्यक्त गर्दै दोषीलाई न्यायको कठघरामा ल्याउन माग गरे ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कंगोको पूर्वी सहर गोमामा देशमा रहेको राष्ट्रसंघीय मिसनविरुद्ध भएको प्रदर्शनको दोस्रो दिन कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् । एजेन्सी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *