पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु : १६ जना घाइतेलाई अस्पताल लगियो, अरुको उद्दार जारी

  • Home
  • -
  • Banner
  • -
  • पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु : १६ जना घाइतेलाई अस्पताल लगियो, अरुको उद्दार जारी
पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु : १६ जना घाइतेलाई अस्पताल लगियो, अरुको उद्दार जारी

बुटवल, ८ साउन –
पाल्पामा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार बेलुकी ५ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा ३ महिला र ३ पुरुषको घटनास्थलमा नै मृत्यु भएको
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टर वीरदत्त पन्तले बताए ।

मृतकको सनाखत हुन बाँकी रहेको र घाइतेको उद्दार कार्य भइरहेको छ । दुर्घटनामा घाइते भएका १६ जनाको उपचारका लागि तानसेन अस्पताल लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *