रसुवाको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुल्यो, को-को हुन्?

  • Home
  • -
  • Banner
  • -
  • रसुवाको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुल्यो, को-को हुन्?
रसुवाको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुल्यो, को-को हुन्?

२४ असार, काठमाडौं
चीनतर्फबाट आएको बाढीका कारण रसुवामा १८ जना बेपत्ता भएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको उद्धार गरेको छ ।

बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्।

चिनियाँ नागरिकहरू यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ बेपत्ता छन्।

त्यस्तै तीन जना गाडी चालक समेत छन्।

बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता छन्। लामा, मोक्तान र तामाङ गाडी चालक हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *