चितवनमा रक्सी खुवाएर सामूहिक बलात्कार गरेको अभियोगमा ५ युवा पक्राउ

  • Home
  • -
  • Banner
  • -
  • चितवनमा रक्सी खुवाएर सामूहिक बलात्कार गरेको अभियोगमा ५ युवा पक्राउ
चितवनमा रक्सी खुवाएर सामूहिक बलात्कार गरेको अभियोगमा ५ युवा पक्राउ

चितवन, जेठ ६ –
चितवनमा रक्सी खुवाएर सामूहिक बलात्कार गरेको अभियोगमा ५ युवा पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिकाको वडा नम्बर– १४ स्थित एक घरमा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

गत वैशाख २५ गते साँझ ५ बजे ती बालिकालाई जबर्जस्ती रक्सी खुवाएर अर्धचेत अवस्थामा बलात्कार गरिएको जाहेरीमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले बताए ।

राति ९ बजेदेखि बिहान ६ बजेसम्म सामूहिक बलात्कार गरेको र ६ जनामध्ये एकले अश्लील भिडिओ पनि खिचेको जाहेरीमा उल्लेख छ । अश्लील भिडिओ देखेपछि बालिकाले आफ्नी माइजूलाई घटनाको विषयमा जानकारी गराएकी थिइन् ।

त्यसपछि उनका मामाले प्रहरीमा जाहेरी दिएका थिए । घटनामा संलग्न अझै एक जना फरार रहेको डिएसपी खनालले जानकारी दिए। ६ जना विरूद्ध नै जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *