ट्रकको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

  • Home
  • -
  • Banner
  • -
  • ट्रकको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु
ट्रकको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

चितवन, वैशाख १३ –
ट्रकको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका ३ बस्ने ६० वर्षीया ताईसन तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

हिजो (शुक्रबार) राति ९ः२० बजे आँपटारीबाट गैंडाकोटतर्फ जाँदै गरेको ग २ ख १०८० नम्बरको ट्रकले बाटो काट्ने क्रममा तामाङ्लाई ठक्कर दिएको हो ।

गम्भिर घाइते तामाङको चितवन मेडिकल कलेजमा उपचारको क्रममा राति १०ः३८ बजे मृत्यु भएको हो । उनको शव छोरी शर्मिला रानाभाटले सनाखत गरेको प्रहरीले जनाएको छ ।

ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *