प्रधानमन्त्री र राष्ट्रपति जनताले चुनेका होइनन् : सांसद ज्ञानेन्द्र शाही

  • Home
  • -
  • Banner
  • -
  • प्रधानमन्त्री र राष्ट्रपति जनताले चुनेका होइनन् : सांसद ज्ञानेन्द्र शाही
प्रधानमन्त्री र राष्ट्रपति जनताले चुनेका होइनन् : सांसद ज्ञानेन्द्र शाही

काठमाडौँ, चैत ३ –
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेल जनताले नचुनेको बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले उनीहरूलाई सीमित सांसदहरूले चुनेको बताए ।

वर्तमान व्यवस्था जनतालाई चाहिएको नभई ठुला बडा सबै मिलेर खानलाई चाहिएको उनले बताए । गरिब जनताका लागि यो व्यवस्था उचित नभएको उनको भनाइ थियो ।

उनले गणतन्त्रमा मदन भण्डारीको हत्या गर्ने व्यक्ति, लमजुङमा शिक्षक, निर्मला पन्तलगायत घटना भएको लामो समय भए पनि हत्यारा पत्ता लगाउन नसकिएको बताए ।

उनले आफूहरूले राजासहितको लोकतान्त्रिक प्रजातन्त्रका लागि प्रयास गरिरहेका बताएका छन् । ‘प्रजातन्त्र र लोकतन्त्र मासिन्न, राष्ट्रपतिका स्थानमा राजा राखिन्छ । राजासहितको राजतन्त्र चाहिन्छ, खुलमखुला बहस गर्न तयार छौँ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *