प्रमुख दलहरूलाई ज्ञानेन्द्र शाहीको चुनौती- हिम्मत भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाऔं

  • Home
  • -
  • Banner
  • -
  • प्रमुख दलहरूलाई ज्ञानेन्द्र शाहीको चुनौती- हिम्मत भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाऔं
प्रमुख दलहरूलाई ज्ञानेन्द्र शाहीको चुनौती- हिम्मत भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाऔं

काठमाडाैं चैत १,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)लाई चुनौती दिएका छन्।

बिहीबार मकवानपुरको थाहा नगरपालिका शिखरकोटमा आयोजना भएको दोस्रो थाहा नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थामा गए राप्रपाको समर्थन रहने बताएका हुन् ।

अहिलेको व्यवस्थाले देश बर्बाद भएको सबैले बुझेको उनको दाबी थियो । ‘तपाईंहरूसँग दुई तिहाइ छ । हिम्मत र देश बनाउने इच्छा छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुस् । हामी समर्थन गर्छौं,’ उनले भने, ‘अनि चुनाव लडेर आऔं, जितौं । आफैं मन्त्री हुने र आफैं प्रधानमन्त्री हुने व्यवस्था ठीक भएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *