होलीमा उच्छृंखल गतिविधि गर्ने ५५ जना पक्राउ

  • Home
  • -
  • Banner
  • -
  • होलीमा उच्छृंखल गतिविधि गर्ने ५५ जना पक्राउ
होलीमा उच्छृंखल गतिविधि गर्ने ५५ जना पक्राउ

२९ फागुन, काठमाडौं-
नेपाल प्रहरीले होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा आज ५५ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले ५२ पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनका अनुसार चेकजाँचका क्रममा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट दुई पांग्रे २३० र चारपांग्रे २३ गरी दुई सय ५३ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *