सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ पुग्यो

  • Home
  • -
  • Banner
  • -
  • सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ पुग्यो
सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ पुग्यो

काठमाडौँ, फागुन २ –
नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *