गोवामा प्याराग्लाइडिङ दुर्घटना हुँदा नेपाली पाइलट र भारतीय पर्यटकको मृत्यु

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • गोवामा प्याराग्लाइडिङ दुर्घटना हुँदा नेपाली पाइलट र भारतीय पर्यटकको मृत्यु
गोवामा प्याराग्लाइडिङ दुर्घटना हुँदा नेपाली पाइलट र भारतीय पर्यटकको मृत्यु

मुम्बई, माघ ६ –
शनिबार प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भारतको गोवामा प्याराग्लाइडिङका क्रममा दुर्घटनामा नेपाली पाइलट र एक भारतीय पर्यटकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्याराग्लाइडिङ पाइलट २६ वर्षीय सुमन नेपाली र भारतीय पर्यटक शिवानी छन् । शिवानी भारतकै पुणे निवासी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शिवानी भारतकै पुणे निवासी रहेको जनाइएको छ । सुमनको भने ठेगाना खुलाइएको छैन ।

अनुमतिविना र आवश्यक सुरक्षा उपकरणविना नै प्याराग्लाइडिङ गर्दा उक्त दुर्घटना भएको बताइएको छ । प्रहरीले प्याराग्लाइडिङ कम्पनीका मालिक शेखर रायजादालाई गिरफ्तार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *