लमजुङमा जीप दुर्घटना : १९ जना घाइते, गम्भीर ४ जनालाई भरतपुर ल्याइयो

  • Home
  • -
  • Banner
  • -
  • लमजुङमा जीप दुर्घटना : १९ जना घाइते, गम्भीर ४ जनालाई भरतपुर ल्याइयो
लमजुङमा जीप दुर्घटना : १९ जना घाइते, गम्भीर ४ जनालाई भरतपुर ल्याइयो

काठमाडौं असोज २७
लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। आइतबार बिहान ११ स्३० बजेतिर लमजुङको सारिङबाट बेसीसहरतर्फ जाँदै गरेको जीप मकैडाँडामा दुर्घटना हुँदा १९ जना घाइते भएको लमजुङ प्रहरीले जानकारी दिएको छ।

घाइतेमध्ये ४ जनालाई भरतपुर मेडिकल कलेजमा रिफर गरिएको छ। उनीहरूको टाउकोमा गम्भीर चोट लागेको छ।

बाँकी घाइतेहरू लमजुङ अस्पतालमा उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *