कमल थापाले टुकुचामा पौडि खेलेको स्मरण गर्दै दिए बालेन र सुनितालाई धन्यवाद 

  • Home
  • -
  • Banner
  • -
  • कमल थापाले टुकुचामा पौडि खेलेको स्मरण गर्दै दिए बालेन र सुनितालाई धन्यवाद 
कमल थापाले टुकुचामा पौडि खेलेको स्मरण गर्दै दिए बालेन र सुनितालाई धन्यवाद 

काठमाडौं, ३१ भदौ  –
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौंको टुकुचामा पौडि खेलेको स्मरण गर्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोललार्य धन्यवाद दिएका छन् ।

बिहीबार काठमाडौं महानगरपालिकाले जयनेपाल हलमा डोजर लगाई टुकुचा खोलाको खोजी कार्य सुरु गरेपछि थापाले उनीहरुलाई धन्यवाद दिएका हुन् ।

‘स्याबास बालेन! स्याबास सुनिता! हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि बालेन र सुनितालाई लाई धन्यवाद,’ थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना अझै ताजा छ ।’

राप्रपा नेपालका अध्यक्ष थापाले काठमाडौंका खोला–नाला सफा, स्वच्छ र कलकल बग्ने होस् भन्ने कामना समेत गरेका छन् । – न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *