भदौमा ७६ हजार नेपाली वैदेशिक रोजगारीमा गए, दुवै जाने मात्र १८ हजार

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • भदौमा ७६ हजार नेपाली वैदेशिक रोजगारीमा गए, दुवै जाने मात्र १८ हजार
भदौमा ७६ हजार नेपाली वैदेशिक रोजगारीमा गए, दुवै जाने मात्र १८ हजार

काठमाडौँ, ९ असोज
वैदेशिक रोजगारीका लागि एक महिनामै ५७ हजार भन्दा बढी नेपाली विदेशिएका छन् । भदौ महिनामा वैदेशिक रोजगारीमा ५७ हजार ४९३ जना नेपाली विदेशिएका हुन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भदौ महिनामा पहिलो पटक श्रम स्वीकृति लिएर ३९ हजार ५५७ नेपाली विदेशिएकाछन् । भने १७ हजार ९३६ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

त्यसरी बाहिरिनेमा ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । म्यानपावर कम्पनी मार्फत २९ हजार ५२८ जना गएका छन् भने व्यक्तिगत श्रम स्वीकृति लिएर ९ हजार २६ जना गएका छन् । त्यस्तै जीटुजी मार्फत एक हजार ३ जना गएका छन् ।

भदौ महिनामा सबैभन्दा बढी युएईमा गएका छन् । यूएईमा १८ हजार ६०५ जना नेपाली गएका छन् । त्यस्तै कतारमा ११ हजार २९१, साउदी अरेबियामा १० हजार ८३५,कुवेतमा चार हजार २१५, रोमानियामा एक हजार ८८८ जना नेपाली गएको विभागको तथ्याङ्क छ ।

मलेसिया जाने श्रमिकमा भने व्यापक गिरावट आएको छ । कुनै समय प्रमुख श्रम गन्तव्य मुलुक रहेको मलेसियामा भदौ महिनामा भने एक हजार १९५ श्रमिक गएका छन् ।

मलेसियाले गत मार्चमा आप्रवासी कटौती गर्ने निर्णय गरेसँगै गिरावट आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *