ऐतिहासिक पदक विजेता गुरुङ स्वदेश फिर्ता

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • ऐतिहासिक पदक विजेता गुरुङ स्वदेश फिर्ता
ऐतिहासिक पदक विजेता गुरुङ स्वदेश फिर्ता

काठमाडाैं, असोज ८
सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश फर्किएकी छिन् ।

चीनको हान्झाउमा आयोजित २०औं एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामालगायत खेलपदाधिकारीले स्वागत गरेका हुन् ।

एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालका कुनै पनि खेलाडीले अहिलेसम्म पदक जित्न सकेका थिएन ।

नेपाल पुलिस क्लबबाट कराते खेल्न शुरू गरेकी एरिका पहिलोपटक १९औं एसियाडमा छनोट भएकी थिइन ।

उक्त प्रतियोगितामा पनि उनले रजत पदक हात पारेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *