अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा
अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा

मध्यविन्दु (नवलपरासी), ४ भदौ
पहिरोका कारण अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली–३, जन्तीपहिरोमा पहिलो जाँदा सडक अवरुद्ध भएको थियो ।

पहिरो हटाउने काम साँझसम्म सकिएपछि यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

पानी पर्न बन्द भएपछि सडक मर्मत सुरु गरिएको थियो । कालीगण्डकी कोरिडोर सञ्चालन भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जातर्फ जाने सवारी गन्तव्यतर्फ लागेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गए रातिदेखि अत्यधिक वर्षा भएको थियो । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *