चितवन प्रहरीद्वारा हराएका मोवाईलहरू फेला पारी सम्बन्धित धनिलाई फिर्ता

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • चितवन प्रहरीद्वारा हराएका मोवाईलहरू फेला पारी सम्बन्धित धनिलाई फिर्ता
चितवन प्रहरीद्वारा हराएका मोवाईलहरू फेला पारी सम्बन्धित धनिलाई फिर्ता

चितवन, २७ साउन
चितवन प्रहरीद्वारा विभिन्न समयमा हराएका मोवाईलहरू फेला पारी सम्बन्धित धनिलाई फिर्ता गरेको छ ।

आज आइतबार जिल्ला प्रहरी कार्यालयमा सम्बन्धित धनिलाई २१ थान मोवाईल फिर्ता गरेको हो ।

प्रहरीले मोवाईल फोन हराएको भनि प्राप्त भएका निवेदनको आधारमा खोजतलास गरेको हो ।

चितवन जिल्ला लगायत काठमाण्डौ, पर्सा, बारा, नवलपरासी, कास्की, रुपन्देही, महोत्तरी लगायतका जिल्लामा अन्य व्यक्तिले चलाईरहेको अवस्थामा हराएका Samsung, Redmi, Oppo, Vivo, Poco लगायतका विभिन्न कम्पनीका मोवाईलहरु फेला सम्बन्धित धनिलाई बुझाइएको चितवन प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *