दिल्लीमा ‘फेक भिसा’ उपलब्ध गराउने नेपाली पक्राउ

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • दिल्लीमा ‘फेक भिसा’ उपलब्ध गराउने नेपाली पक्राउ
दिल्लीमा ‘फेक भिसा’ उपलब्ध गराउने नेपाली पक्राउ

नयाँ दिल्ली, २५ साउन
भारतको राजधानी नयाँ दिल्लीमा ‘फेक भिसा र्‍याकेट’ चलाएको आरोपमा एक नेपाली पक्राउ परेका छन् । दिल्ली प्रहरीका अनुसार, उनले ‘इजी मनी’ र विदेशमा अझ राम्रो जीवनशैलीको आशा देखाएर मानिसलाई लोभ्याउँदै आएका थिए ।

पक्राउ परेका व्यक्ति सुनील थापा भएको बताइएको छ । आफ्ना सहयोगीमार्फत नेपाली महिलाका निम्ति भारतीय पासपोर्ट प्रयोग गरेर हङकङको नक्कली भिसाको प्रबन्ध गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार, सविना गुरुङ नामकी महिला भारतीय पासपोर्ट प्रयोग गरेर हङकङबाट यही अगस्ट ५ मा दिल्ली आइपुगेकी थिइन् । उनको कागजात जाँच गर्दा यात्रु नेपाली भएको पाइएको थियो । उनको भारतीय पासपोर्ट ठगी गरी प्राप्त गरिएको थियो । त्यससम्बन्धी एफआईआर दर्ता गरिएको प्रहरीले जनाएको छ ।

२७ वर्षीया सविना नेपालको लमजुङकी भएको अनुसन्धानका क्रममा पत्ता लागेको छ । उनले आफूलाई नेपाली पासपोर्टमा विदेश जान अप्ठ्यारो हुन्छ भनिएको बताएकी छन् । सोही कारण भारतीय पासपोर्ट लिएको उनको भनाइ छ ।

‘फेक’ कागजातका आधारमा उनका एक आफन्तले सन् २०१८ मा त्यो पासपोर्ट बनाइदिएको उनले बताएकी छन् । पछि उनले सुनीललाई भेटेको र उनैले हङकङको भिसा मिलाइदिएको उनले उल्लेख गरेकी छन् ।

पछिल्लोपटक पनि सुनीलले नै हङकङको भिसा मिलाइदिएका थिए । योपटक भने नक्कली भिसा भनेर फिर्ता गरिएको उनले बताएकी छन् ।

२८ वर्षीय राज पनि भनिने सुनीलको घर नेपालको बुटवल भएको बताइएको छ । सोधपुछका क्रममा सुनीलले आफूबाट गल्ती स्वीकार गरेका थिए । एएनआईबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *