ओमान जाँदै परराष्ट्र सचिव लम्साल

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • ओमान जाँदै परराष्ट्र सचिव लम्साल
ओमान जाँदै परराष्ट्र सचिव लम्साल

काठमाडाैं, साउन २०
परराष्ट्र सचिव सेवा लम्साल ओमान भ्रमणमा जाने भएकी छिन् ।

यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सचिव लम्साल सोमबार त्यसतर्फ प्रस्थान गर्न लागेकी मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्र सचिव लम्साल मस्कटमा औपचारिक भेटघाट तथा कार्यक्रममा सहभागी छन् ।

उनी यही साउन २५ गते स्वदेश फर्कने छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *